लागुऔषधसहित रूपन्देहीमा ३ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, ११ : ५२
लागुऔषधसहित रूपन्देहीमा ३ जना पक्राउ

रूपन्देही । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देही सैनामैना नगरपालिका वडा नं.१० बेमतेनीमा चेकजाँच गर्ने क्रममा तीन ३ जना युवालाई लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार अवैध  लागुऔषधसहित सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने बर्ष १८ को दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं।९ भलवाड बस्ने बर्ष २४ को रमेश बहादुर आचार्य र सोही बर्षको २५ को रमेश मरासिन पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागुऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद गरी पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस