नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध, खुलाउन ६, ७ घंटा लाग्ने

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, ०८ : १७
नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध, खुलाउन ६, ७ घंटा लाग्ने

चितवन । वर्षायाम शुरु भएसँगै पहिरोका कारण लगातार अवरुद्ध हुदै  नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले यातायात अवरुद्ध भएको छ । बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ ।

शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेतीदोभन र राति चार किलोमा फेरि थपिएको पहिरोले गाडी चल्न ठप्प भएको छ । पृथ्वीराजमार्गको कुरिनटारनजिक पनि लेदो झरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार किलोमा शुक्रबार बिहानैदेखि पहिरो खसेर गाडी रोकिएका थिए । दिउँसो केही सफा गरेर एकतर्फी गाडी खुले पनि सो ठाउँमा राति फेरि पहिरो गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।

भोर्ले सेती दोभानमा शुक्रबार साँझ अचानक ठूलो पहिरो गएको थियो । सेती दोभानको पहिरो केही बेरपछि हटाउन सुरु गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । ठुलो पहिरो गएकाले सबै सफा गर्न कम्तीमा ६ घण्टा लाग्ने बताईएको छ । सडक अवरुद्ध भएपछि यातायाताहरुको लस्कर लागेको छ । 

प्रतिक्रिया दिनुहोस