छिनछिमै बिजुली झ्यापझ्याप गएर आजित भएपछि....

पत्रपत्रिकाबाट

शुक्रबार, १८ असार २०७८, ०७ : ५४
छिनछिमै बिजुली झ्यापझ्याप गएर आजित भएपछि....

गोरखा । छिनछिनमा बिजुली बत्ती जाने समस्याले आजित भएपछि गोरखाका उपभोक्ताहरु आजित भएका छन् । अनलाईन कक्षा संचालन भइरहेको, परीक्षाको तयारी चलिरहेको बेला छिनछिनमा बत्ती आउने जाने गर्दा पढ्न समस्या भएको विद्यार्थी गुनासो गर्छन् ।

यस्तै समस्याले आजित भएपछि गोरखाका एक किशोर प्लेकार्डसहित गोरखा सदरमुकामको बसपार्कमा सांकेतिक विरोधमा उत्रिएका छन् । हातमा प्लेकार्ड लिएर एक युवा बिहीवार दिनभर एकल प्रदर्शनी गरे ।

छिनछिनमा विद्युत काटिनुको कारण के हो रु समस्याको समाधान गर्नु पर्दैन रु विद्युत प्राधिकरणले लापरवाही गरेकै हो रु जस्ता विषय लेखिएको प्लेकार्ड बोकेर ती किशोर बसेका थिए ।

‘धेरै पहिलेदेखि गोरखामा बत्ती जाने समस्या छ तर समस्या समाधान गर्नेतर्फ कसैले ध्यान दिएन’, उनले भने, ‘कहाँ भन्ने, कसलाई भन्ने थाहा भएन त्यसैले यहाँ बसेर विरोध गरेको हुँ ।’ ती युवाले आफू विद्यार्थी भएको बताउँदै परिचय भने खुलाएनन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस