टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, ११ : २५
टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

काठमाडौं । यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी एनओसीका अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने पाँच खेलाडीको टुङ्गो लागेको हो ।

पौडीका गौरीका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।सुटिङकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।

ओलम्पिक तयारीका लागि आईओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिएको थियो ।सोही अन्तर्गत प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न खेलाडीले मासिक ५ सय डलर छात्रवृत्ति प्राप्त गर्दै आएका थिए ।

नेपाल एथ्लेटिक्स संघले खेलाडीको नाम सिफारिस नगरेका कारण गोपीचन्द्र पार्कीले यस छात्रवृत्ति प्राप्त गर्न सकेनन् ।उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् । ओलम्पिकमा ५ खेलाडीले प्रतिनिधित्व गर्ने भएपछि बाँकी खेलाडीले प्राप्त गर्दै आएको छात्रवृत्ति रोकिएको छ ।

कोरोना महामारीका कारण ओलम्पिकले विभिन्न खेलमा वाइल्ड कार्डको निर्धारण गरेको थियो । सुटिङ र जुडोमा धेरै कोटा निर्धारण गरेका कारण नेपालबाट समेत दुई खेलाडी सहभागी हुने पक्का भएको छ ।

यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुँदैछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस