काठमाडौं । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बैठक बस्ने तयारी भएको एमाले पार्टी कार्यालयले जनाएको छ ।
बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने र महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ नेताले बताए ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता बदरबारे सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई सदस्यमा रुपान्तरण गरेपछि नेता माधवकुमार नेपाल पक्षका नेताहरु असन्तुष्ट रहँदैआउनुभएको छ । तर एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले साविक एमालेको संरचनामा २०७५ जेठ २ अघि फर्कने निर्णय गरेको थियो ।
२०७५ जेठ ३ गते दुई पार्टीको एकता भएपछि पार्टीको सांगठनिक नयाँ संरचना बनेको थियो । तर सर्वोच्चको फैसलापछि दुई दल अलग भएका थिए । एमालेले असार १८ गते शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ । जुन बैठक जेठ २ अघिको हैसियतमा बस्ने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)