काठमाडौं । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बैठक बस्ने तयारी भएको एमाले पार्टी कार्यालयले जनाएको छ ।
बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने र महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ नेताले बताए ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता बदरबारे सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई सदस्यमा रुपान्तरण गरेपछि नेता माधवकुमार नेपाल पक्षका नेताहरु असन्तुष्ट रहँदैआउनुभएको छ । तर एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले साविक एमालेको संरचनामा २०७५ जेठ २ अघि फर्कने निर्णय गरेको थियो ।
२०७५ जेठ ३ गते दुई पार्टीको एकता भएपछि पार्टीको सांगठनिक नयाँ संरचना बनेको थियो । तर सर्वोच्चको फैसलापछि दुई दल अलग भएका थिए । एमालेले असार १८ गते शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ । जुन बैठक जेठ २ अघिको हैसियतमा बस्ने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् छलफलका एजेन्डा ?
एमालेले सूचना प्रविधि र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने
प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार