एजेन्सी । भारतमा कोरोना संक्रमण ओरालो लाग्दै जाने क्रममा पछिल्लो चौबिस घंटामा थप ४५ हजारमा नयाँ कोरोना भाइरसको संक्रमित भेटिएका छन् ।
दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ६९९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २३औँ दिन हो ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ । भारतमा हाल ५ लाख ४३ हजार ७१८ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ८१६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ असार २०७८, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा