काठमाडौँ । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमान्को हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् ।
अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुकोे जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो ।
सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ असार २०७८, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ