श्रीमान् हत्याका अभियोगमा पक्राउ

रासस

मंगलबार, १५ असार २०७८, २१ : ४६
श्रीमान् हत्याका अभियोगमा पक्राउ

काठमाडौँ । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमान्को हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् ।

अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुकोे जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो ।

सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको  प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए  ।