वीरगन्ज । पर्सामा चट्याङ लागेर मंगलबार तीन जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको होप्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको बिहान ७ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।
यस्तै गदियानीका २७ वर्षीय रोसुला गदीको पनि चट्याङ लागेर मृत्यु भएको डीएसपी खनालले जनाए । गदीसँगै रहेका राजबली गदी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगन्ज पठाइएकोजनाएको छ ।
यस्तै अर्की जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीय असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु