कोरोनाबाट २४ घण्टामा थप २ हजार १६ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १६ : ३९
कोरोनाबाट २४ घण्टामा थप २ हजार १६ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २ हजार १६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ८ सय १० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना संक्रमण मुक्त बनेका छन् । 

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३ सय २६ (पीसीआर) र ३१ हजार ५ सय ३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । 

हालसम्म कोरोनाबाट कुल ८ हजार ९ सय ७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।