भरुवा बन्दुकसहित ३ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १२ : ५२
भरुवा बन्दुकसहित ३ जना पक्राउ

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिकामा तीनथान  भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ३६ वर्षीय रामबहादुर गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र ३४ वर्षीय प्रेम गुरुङ रहेका छन् । उनीहरुलाई लसुनेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो।

ईलाका प्रहरी कार्यालय बसन्तपुरको टोलीले लालिगुँरास १ भुल्केबाट उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको थियो । बन्दुकसहित भेटिएपछि उनीहरु भाग्न खोजेको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका उनीहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस