चितवनका ब्यवसायीसँग प्रचण्डले भने, ‘तपाईहरुलाई दुःख दिनेलाई धक्का नदिई कुशासनबाट मुक्ती पाईंदैन’

शनिबार, १६ मंसिर २०७४, २१ : ०९
चितवनका ब्यवसायीसँग प्रचण्डले भने, ‘तपाईहरुलाई दुःख दिनेलाई धक्का नदिई कुशासनबाट मुक्ती पाईंदैन’


चितवन, १६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा पहिलोपटक ठुलो आकांक्षा र सपना बोकेरै आएको बताएका छन् । शनिवार भरतपुरमा आयोजित ब्यवसायी र बुद्धिजीविहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘हाईब्रिड तरिकाले चितवनको विकास गर्ने मेरो सपना छ ।’

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दै गएको उल्लेख गर्दै उनले भने, ‘लाशहरुमा पनी भ्रष्टाचार ?, त्यसका लागी बलिाये हात चाहियो, अलि धक्का नदिईकन भ्रष्टाचारको महामारीबाट हामीले मुक्ती पाउनेवाला छैनौं ।’
मुलुकमा ब्याप्त भ्रष्टाचार नियन्त्रणका लागी चितवनबाट बलियो हात बनाएर आफुलाई जिताउन आग्रह गर्दै उनले भने, ‘यहाँबाट अलि बलियो हात बनाएर पाठाउनुभो भने पाँच बर्षमा धेरै कुरामा धक्का दिन सकिन्छ ।’  

‘कम जटिलताको सामना गरेर संविधान बनाईएको थिएन्, कार्यान्वयनको काम पनी सहज थिएन मेरै नेतृत्वमा कार्यान्वनयको अवर जुट्यो’ उनले भने,‘अब चाहिँ देशलाई विकास र संवृद्धिलाई नयाँ मोडेल सहित अगाडी बढाउन सकिने संभावना बढेको छ ।’

चितवनको विकास मार्फत देश विकास गर्ने आफ्नो लक्ष्य लिएर पहिलो पटक चितवन झरेको उल्लेख गर्दै उनले भने, ‘मेरो कुनै अर्को लक्ष र उद्देश्य छैन, यहाँको विकास मार्फत देश विकास गर्न चाहन्छु ।’
‘चितवन राजनितीक र विकासको चेतनाको दृष्टिले पनी अग्रणी जिल्ला हो, सवै ब्यवसायी र बुद्धिजीवी लाई के आग्रह गर्छ भने यहाँको चेतना र शक्तिले राष्टलाई नै मोडल प्रस्तुत गर्न सक्छ’ उनले भने ।

विकासलाई गति दिन राजनितीक स्थायीत्व र शुसासनको ग्यारेन्ट अनिवार्य हुने उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले नेपालको विकास कछुवा गतिमा अगाडी बढ्नुमा अस्थिर सरकार र अस्थिर राजनिती मुख्य कारण भएको धारण राखेका छन् ।

नेपालमा सक्रिय सवै पार्टीहरु लोकतन्त्रबादी भएको दाबी गर्दै उनले भने, ‘अब दुईओट मात्रै गठबन्धन भईदियो भने स्थायी सरकार बन्छ, काम गर्ने अवसर पाईन्छ भन्ने मान्यताका आधारमा हामी अहिले निर्वाचनमा छौं अहिलेको  प्रतिस्पर्धालाई स्वस्थ बनाउँदा मात्र देशले आर्थिक रुपमा प्रगती गर्न सक्छ ।’
‘घिसीपिठे तरिका भन्दा पनी फड्को हानेरै विकासमा अगाडी बढ्नुपर्छ भन्ने मेरो मान्यता छ’ उनले थपे, ‘पार्टी विभाजनको श्रृङ्खला रोक्नका लागी हामीले गठबन्धन गरेको हौं, कसैलाई निषेध गर्नका लागी हैन् ।’

कम्युनिष्ट अधिनायकबाद चुनावी अस्त्र
माओवादी अध्यक्ष प्रचण्डले जमाना फेरीएको उल्ले गर्दै आफुहरुले प्रजातान्त्रिक तरिकाले समाजवादको नयाँ मोडल पस्कन चाहेको दाबी गरेका छन् । नयाँ संविधानमा समेत ‘ समाजवादउन्मुख’ भन्ने भाषा लेखेको दाबी गर्दै उनले भने, ‘त्यो समाजवाद नयाँ मोडेलेको हुन्छ, अब हामी विश्वलाई नै समाजवादको नयाँ मोडेल दिन्छौं ।’
नेपाली कांग्रेसतर्फ संकेत गर्दै प्रचण्डले कम्युनिष्ट आएमा अधिनायकबाद आउँछ भनेर चुनावी अस्त्र प्रहार गरेको आरोप लगाए । उनले भने, ‘कम्युनिष्टले अधिनायकबाद ल्याउँछन् भन्नुको पछाडी कुनै कुनै राजनितीक र सैद्धान्तिक आधार छैन ।’

‘शान्ति संझौतामा हस्ताक्षर गरेपछी निजी क्षेत्रलाई कसरी प्रोत्साहित गर्ने भन्नेमा मेरो ध्यान केन्द्रित हुँदै आएको छ’ उनले भने, ‘गिरीजाबावुले मृत्यु शैयाबाट देश सम्हाल्नुस भन्दै गर्दा उँहाले कुरा नबुझिकन भनेको हैन, मलाई जत्ति उँहाले अध्ययन गनुभो त्यसको आधारमा उँहाले मलाई भन्नुभएको हो ।’

‘पहिला ६० बर्ष पुगेपछी मान्छे कम्युनिष्टले मार्छन भन्थे, मनमोहनले वृद्ध भत्ता दिएर मुखमा बुझो लगाईदिए’ उनले भने, ‘अहिले हामीले ५ हजार दिने भनेका छौं, त्यो कांग्रेस र कम्युनिष्ट छुट्याएर दिने भनेको हैन् ।’
चितवनको नदिनाला र राष्टिय निकुञ्जको सदुपयोग गर्दै पर्यटनको केन्द्रविन्दु बनाउन सकिने उल्लेख गर्दै उनले भने, ‘निरन्तरतामा क्रमभंग गरेरै विकास गरौं भन्ने सोचेका छौं, निजी क्षेत्रसँगको सहकार्यमा राप्ती र नारायणीमा तटबन्ध, रिङरोड, माडीमा कृषि सड्कको रुपमा रिङरोड, हुलाकी राजमार्गके विकास गर्न सकेमा चितवनलाई नयाँ मोडलको रुपमा विकास गर्न सकिन्छ ।’

‘हामीलाई विकासको खुद्रामसिना कुरा गर्ने बानी परेको छ, ठुला कुरा गरेमा पुरा गर्न सकिँदैन कि भन्ने ठान्छौं’ उनले भने, ‘अब खुद्रा मसिना कुरा गरेर हूँदैन किनभने ठुलै कामहरु गर्न संभव छ, उद्योग कलकारखाना जत्ति खोलन सक्यो जत्ति रोजगारी दिनसक्यो हामीले धेरै समस्याको दिर्घकालिन समाधान खोज्न सक्छौं ।’  

कार्यक्रममा उद्योगबाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा चितवनले औधोगिक क्षेत्र, एक्स्पो सेन्टर, रंगशाला निर्माण र चितवनको समग्र विकासमा निर्णायक र समन्वयात्मक भुमिका खेल्नुभएकोमा बधाई दिँदै आगामी दिनमा पनी सहयोगको अपेक्षा गर्दै प्रचण्ड बिजय अभियानमा उद्योग बाणिज्य संघ सँगै रहेको बताएका थिए ।           

‘प्रकाश परिपक्व बन्दै थियो’
पुत्रवियोगका पिडामा रहेका प्रचण्डले दिवंगत छोरालाई संझिँदै प्रकाश दाहाल विस्तारै परिपक्व बन्दै गएको बताए । उनले भने, ‘मलाई त त्यति परिपक्व भैसकेको छैन कि जस्तो लागेको थियो तर उसले सवैसँग राम्रो सम्बन्ध बनाएर परिपक्व भैसको रहेछ ।’
 ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा उसले कुटनितीज्ञकरुसँग पनी राम्रो सम्बन्ध बनाएको रहेछ’ उनले भने, ‘अल्पअयाुमै छोरालाई दागबत्ति दिने कुरा कम गाह्रो कुरा हैन रहेछ । अब मैले आफ्नो जिवन हरेक घरमा प्रकाश ल्याउनका लागी  बाँकी जिवन समर्पित गर्नेछु ।’

 

प्रतिक्रिया दिनुहोस