शारीरिक फरक क्षमता भएकी २१ वर्षीय महिलालाई जबर्जस्ती करणी गर्ने पक्राउ

रासस

शुक्रबार, ११ असार २०७८, १० : १६
शारीरिक फरक क्षमता भएकी २१ वर्षीय महिलालाई जबर्जस्ती करणी गर्ने पक्राउ

कञ्चनपुर । शारीरिक फरक क्षमता भएकी २१ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले वेदकोट–१० नयाँगाउँका अन्दाजी ४० वर्षीय चक्रबहादुर सार्कीलाई पक्राउ गरेको छ । 

घरमै लुकीछिपी बसेका बेला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सार्कीलाई बिहीबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस