सुकुम्वासी परिवारलाई खाद्यन्न सामाग्री वितरण

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १३ : १८
सुकुम्वासी परिवारलाई खाद्यन्न सामाग्री वितरण

रत्ननगर । जारी लक डाउनका कारण समस्यामा परेका रत्ननगर नगरपालिकाको वडा नं. १४ स्थित गैरिबारी सुकुम्वासी वस्तीका ५३ घरपरिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । अ ड्रप अफ लाईफ, हंकङको आयोजना तथा कम्युनिटी रिसर्च सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टीप्रपोज सोसाईटीको सहयोगमा राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको हो । वितरण कार्यक्रममा रोटरी क्लब अफ क्वाईचुङले पनि सहयोग गरेको छ । 

कोरानो महामारीका कारण दैनिक गुजारा चलाउन हम्मे हम्मे परेका परिवारलाई प्रति परिवार १ बोरा ३० किलो सोना मन्सुलीको चामल, मिक्स दाल ४ किलो, क्वाटी ३ किलो ( सबै प्रकारका गेडागुडी मिक्स गरिएको प्रोटिनयुक्त नेवारी खाना ) वितरण गरिएको कार्यक्रमका संयोजक देबेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रत्येक परिवारलाई खाद्यन्न सामाग्रीसँगै नगद ५ सय रुपैयाँ समेत प्रदान गरिएको छ । 

वितरण कार्यक्रममा सिआरसी नेपालका सोहेन्द्रराज खरेल, नेवाज मल्टिप्रपोज सोसाईटीका दिनेश श्रेष्ठ, गोपाल श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, कृस श्रेष्ठ, दिआई श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सुर्यमान (कालुदाई) श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, समाजसेवी सन्जय लामा लगायतको उपस्थ्तिी थियो । स्थानीय राजेश परिवारले खाद्यन्न वितरणको सहजिकरण गरेका थिए ।
यस अघि कालिका नगरपालिकाको वडा नं. ६ खोलेसिमल र कमल चोक गरी ७९ परिवारलाई राहत वितरण गरिएको थियो ।

यसैगरी  रत्ननगर नगरपालिकाको वडा नं. ३ स्थित शहीद स्मृती बहुमुखी क्याम्पस अगाडीको मुस्लिम बन्जराका २० परिवारलाई राहत वितरण गरिएका सिआरसी नेपालका महासचिव समेत रहेका नेवाज मल्टीप्रपोज सोसाईटीका संयोजक देबेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार रत्ननगर नगरपालिकाको वडा नं. ९ टिकौली पुल नजिकैको सुकुम्वासी वस्तीका २१ परिवारलाई पनि राहत वितरण गरिएको थियो । 

यसैगरी रत्ननगरको वडा नं. ४, ७ र ८ डेवौली, चित्रसारी, गोठौलीका १ सय परिवारलाई खाद्यन्न सामाग्री प्रदान गरिएको छ । यस्तै रत्ननगरको वडा नं. १ सौराहाचोकको फिल्म हल पछाडी बस्दै आएका २५ परिवार, वडा नं. ३ हाजिपुर, बन्सी र माथिल्लो शान्तिचोक क्षेत्रका ८० परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको थियो ।
यस्तै रत्ननगरको वडा नं. ८ लालपर्सा स्थित रमाइलो डाँडा क्षेत्रका २८ परिवार, वडा नं. ५ र १६ का २० परिवार, वडा नं. २ मेनरोड टाँडी र वडा नं. १० भानुचोक घेघौली क्षेत्रका १४० परिवार, यस्तै वडा नं. ७ सिसुवार मुसहर बस्तीका ५० परिवार र वडा नं. १३ भगेंरी सुकुम्वासी बस्तीका ४१ परिवारलाई गरी ७ सय ७७ परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस