‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौलासहित तीनजनालाई थुनामा राख्न प्रशासनको अनुमति

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, १६ : ३६
‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौलासहित तीनजनालाई थुनामा राख्न प्रशासनको अनुमति

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला भन्ने (टीका संग्रौला) सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका अनुसार प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस