काठमाडौं । फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् कांग्रेस सभापति शेरबहादुर देउवा । कांग्रेसको चौधौँ महाधिवेसनको लागि उनी भिड्न मैदानमा उत्रिसकेका छन् । मैदानमा उत्रेका देउवाले सातै प्रदेशमा आफूनिकटका केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन् । प्रदेश १ का केन्द्रीय सदस्यसँग छलफल गरेपछि प्रदेश २ का केन्द्रीय सदस्यसँग छलफल गरे ।
सभापतिको लागि देउवा मैदानमा उत्रेपछि यतिबेला अन्य सभापतिका दावेदारहरु मौन बसेका छन् । सभापतिका दावेदार बनेका विमलेन्द्र निधि र देउवाबीच सवालजवाफ भएको थियो । देउवा अझै एक पटक सभापतिमा उठेर पार्टी सबैभन्दा ठूलो पार्टी बनाउने कुरा राख्दा निधि आफू पनि सभापतिको उम्मेदवार बन्ने र तपाइँललाई प्रधानमन्त्रीमा सघाउने कुरा देउवालाई भनेका थिए ।
यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी भएका छन् ।
बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको सभापति देउवाको सचिवालयले जनाएको छ । देउवा मैदानमा यसरी उत्रेसक्दा पनि सभापतिको दावेदार विमलेन्द्र निधि, शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेता भने मौन छन् ।
हालसम्मको छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म निर्धारण गरिएको छ ।
पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्र गरी १५ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने देउवाको भनाइ थियो । पार्टीको विधानले पनि दुई कार्यकाल सभापति हुन पाउने व्यवस्था गरेको देउवाले स्मरण गराएका थिए ।
देउवाले अब आफू महाधिवेशनको मैदानमा उत्रिएको सन्देश दिने गरी छलफललाई अगाडि बढाएका छन् । उनले एक दिनमा दुई वटा प्रदेशमा आफू निकट नेतासँग आन्तरिक छलफलको नीति लिएका छन् । शनिबार बिहानको छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदम्बे, डा। डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङल, बाबुराम बस्नेत, सुजाता परियारलगायतका सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग भेट गर्न पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
देउवाले बोलाए पदाधिकारी बैठक
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा