सञ्चारमन्त्रीले प्रेस चौतारीलाई लत्याईदिँदा

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, ०८ : ००
सञ्चारमन्त्रीले प्रेस चौतारीलाई लत्याईदिँदा

काठमाडौं । सञ्चारमन्त्री छिन अहिले एमालेकी नवप्रवेशी नैनकला थापा । रामबहादुर थापा (बादल)का  जीवनसंगिनी । एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुमा बादलले आफ्नै पत्नीलाई मन्त्री बनाएकोमा निक्कै गुनासो छ । बादलको आलोचना पनि त्यही रुपमा पूर्व माओवादी नेताबाटै शुरु भएको छ ।

तर बादलकी पत्नी सञ्चारमन्त्री नैनकलाले अहिले मन्त्रालयमा आफुले के गर्ने , के नगर्ने भन्ने भेउ नै पाउन सकेकी छैनन । यतिसम्मकी सञ्चारमन्त्री थापाले एमालेकै पत्रकारहरुको संगठन प्रेस चौतारीका प्रतिनिधी उनलाई भेटन मन्त्रालयमै पुग्दा समेत लत्याईदिएकी छिन् ।

घट्ना हो,– असार ४ गते शुक्रवारको ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत नेतृत्वको टोली सञ्चारमन्त्री थापालाई बधाई दिन ह्स्याङफस्याङ गदै सिंहदरवारस्थित मन्त्रालय पुगेका थिए । तर उनको टोलीलाई मन्त्रीले कुनै भाउ नै दिइनन् ।

बस्नेतको टोलीले पुग्ने वित्तिकै मन्त्रीलाई बधाई दिन मात्र भ्याए । त्यसपछि मन्त्रीले ‘तपाईहरु ढिलो आउनुभयो, म अहिले हिँडे हैं, अलिक ब्यस्त छु’ भन्दै बाहिरिदिइन् । त्यसपछि भने बस्नेत नेतृत्वको चौतारी टोली आफै अक्क न बक्क भएर फर्किएको थियो  ।

‘कस्ती मन्त्री रहिछिन्, पार्टीको पत्रकार संगठनको टोली समय मिलाएर भेट्न विभागिय मन्त्रालय पुगेको छ, तर मन्त्रीले वास्तै नगरि अरुलाई झै सिधै विदाई पो गरिदिइन्,’ भेटमा सहभागी प्रेस चौतारीका एक नेताले सफलखबरसँग भने,–‘प्रेस चौतारी संगठन भनेको के हो ? भन्ने सम्म मन्त्रीलाई थाहा नभएको जसरी हाम्रो भेटलाई लत्याईदिने काम सञ्चारमन्त्रीले गरिन् ।’

सञ्चारमन्त्रीसँग चौतारी टोली अनेक प्रस्ताव लिएर पुगेको थियो । मन्त्रालय मातहात हुने नियुक्ति, वोर्ड सदस्यहरुको नियुक्ति लगायतका विषयमा संगठनको सिफारिस या संगठनका नेता कार्यकर्तालाई स्थान दिनुपर्ने, सञ्चारमन्त्रालयले सञ्चार क्षेत्रसँग जोडिएर  गर्ने नीतिगत निर्णयहरुमा संगठनको परामर्शमा मात्र गर्नु पर्ने जस्ता विषय पनि मन्त्रीलाई सुनाउने योजना चौतारी टोलीले बनाएर मन्त्री भेटन पुगेका थिए ।

त्यसभन्दा पनि ठूलो कुरा विभागिय मन्त्रीले पार्टीको पत्रकार संगठनका नेता चिनुन् र सहकार्य गरुन् भन्ने उदेश्य वोकेर मन्त्रालय पुगेको थियो । तर मन्त्रीले चौतारी टोलीको कार्यकक्षमा उठेरै खादा ओढ्नि र बस्दै नबसी सिधै बाहिरिइन् ।

एक चौतारीका नेताले भने, –‘हाम्रा अध्यक्षले मन्त्री निस्कन लागेपछि उठेरै केही बोल्न खोज्दै हुनुहुन्थ्यो, तर मन्त्री सुने नसुने झै बाटो लागिन । एक खालको अपमान गरिन् ।’

चौतारी टोलीलाई मन्त्रीले कार्यब्यस्तता भए अर्काे कुनै दिन समय मिलाउ, अहिले यस्तो काम छ सम्म पनि नभनेको र इङग्नोर गरेको भन्दै चौतारीमा भने मन्त्रीको कार्यशैली प्रति असन्तुष्टि बढेको छ । ‘पार्टीकै पत्रकार संगठनका नेता कार्यकर्तालाई मन्त्रीले गर्ने ब्यवहार यस्तो छ, अरुलाई झन् के गर्दिहोलिन्,’ चौतारीका ति नेताले भने ।