काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न उपसभापति विमलेन्द्र निधिलाई बोलाएका छन्। देउवाले प्रदेश २ का आफू पक्षीय केन्द्रीय सदस्य निधिसहित अन्य नेताहरुलाई पनि बोलाएका छन् ।
देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार पुनः सभापतिमा आफैं उठ्ने बताउनका लागि देउवाले निधिलाई बोलाएका हुन्। सभापतिमा निधिले उठ्ने यसअघि बताइसकेका छन्। आफ्नो पूर्वनिर्णयबाट पछि हट्नको लागि देउवाले निधिलाई आग्रह गर्ने बताइएको छ ।
एउटै समूहमा रहेका निधिले उम्मेदवारी दिने भएपछि संस्थापनपक्ष कमजोर बन्ने आकलन गरिएको छ। कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने गरी समय निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा
देउवाको शुभकामना सन्देश : राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ