काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न उपसभापति विमलेन्द्र निधिलाई बोलाएका छन्। देउवाले प्रदेश २ का आफू पक्षीय केन्द्रीय सदस्य निधिसहित अन्य नेताहरुलाई पनि बोलाएका छन् ।
देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार पुनः सभापतिमा आफैं उठ्ने बताउनका लागि देउवाले निधिलाई बोलाएका हुन्। सभापतिमा निधिले उठ्ने यसअघि बताइसकेका छन्। आफ्नो पूर्वनिर्णयबाट पछि हट्नको लागि देउवाले निधिलाई आग्रह गर्ने बताइएको छ ।
एउटै समूहमा रहेका निधिले उम्मेदवारी दिने भएपछि संस्थापनपक्ष कमजोर बन्ने आकलन गरिएको छ। कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने गरी समय निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार