काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर आफू फेरि सभापतिमा दोहोरिने बताएका छन् ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई भने, ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ, म सभापतिमा फेरि लड्छु ।’
देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै भने, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’ देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने