काठमाडौं । भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९ ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो ।
शुक्रबार अन्दाजी ११ः०० बजे बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाँउ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँट्टा भट्टाको कम्पाउण्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सुर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेती नदीमा डुबेर दुई बालक बेपत्ता
बालकको मृत्युपछि कर्णाली राजमार्ग अवरुद्ध
टीकापुर घटनामा मारिएका बालकको सालिक अनावरण
जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए
भेलमा बेपत्ता बालक अझै भेटिएनन्, खोजी जारी
उपचारको क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त