बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

रासस

शुक्रबार, ०४ असार २०७८, २० : ३१
बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

सांकेतिक तस्वीर

काठमाडौं । लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन् । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन् । 

उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन् । हिमाली–४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नं ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले राससलाई बताए । गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले बताए । 

फैति र बोल्डिकमा गाउँभन्दा तलबाट जमीन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिए । जमीन भासिएर घरमा क्षति पु¥याएपछि स्थानीयवासीको उद्धार गरी सुरक्षित ठाउँमा लगिएकोउनको भनाइ छ । 

यस्तै सोही गाउँपालिका–६ बोल्डिकमा पनि कर्णाली करिडोरको सडकमा पहिरो गएर गाउँको जमीनसमेत भासिएपछि स्थानीयवासीलाई उद्धार गरी आफन्त र सुरक्षित ठाउँमा सारेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । जोखिममा रहेका ४० परिवारलाई विद्यालय र आफन्तकोमा सारेर गाउँपालिकाले खाद्यान्नलगायतका राहत सामग्रीसमेत उपलब्ध गराएको धिकृत भण्डारीले बताए । 

बोल्डिकका विस्थाापित परिवारलाई त्रिपाल, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ । फैतीका विस्थापित २५ परिवारलाई पनि राहत वितरणका लागि  त्रिपाल, खाद्यान्न, भाँडाकुडालगायतका सामग्री लिएर गाउँपालिकाको टोली फैती गएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस