काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई अझै निर्वाचन आयोगले पदमुक्त गरेको छैन । नेकपा माओवादी केन्द्रले कारबाही गरेका नेताहरुलाई आयोगले किन पदमुक्त गरेन ? भनेर प्रश्न गरेको छ ।
रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले पदमुक्त गरेको छैन । सूचना जारी गरेर उनीहरुलाई पदमुक्त नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।
‘बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं । तर अहिलेसम्म आयोगले सूचना जारी गरेको छैन, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आवश्यक कागजात नपुगेको हुनाले पदमुक्त गरिएको सूचना जारी नगरेको बताएका छन् । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपि नआएकाले पदमुक्तको प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असार २०७८, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जी विद्रोहको तोडफोड र आगजानीमा एमाले कार्यकर्ताकै संलग्नता रहेको खुल्यो रहस्य
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय
एमाले केन्द्रीय कमिटी बैठक : सुरु भयो तेस्रो दिनको छलफल
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
ओलीको प्रस्ताव परस्परविरोधी र संगतिपूर्ण नरहेको भन्दै केन्द्रीय समितिमा आलोचना