काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई अझै निर्वाचन आयोगले पदमुक्त गरेको छैन । नेकपा माओवादी केन्द्रले कारबाही गरेका नेताहरुलाई आयोगले किन पदमुक्त गरेन ? भनेर प्रश्न गरेको छ ।
रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले पदमुक्त गरेको छैन । सूचना जारी गरेर उनीहरुलाई पदमुक्त नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।
‘बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं । तर अहिलेसम्म आयोगले सूचना जारी गरेको छैन, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आवश्यक कागजात नपुगेको हुनाले पदमुक्त गरिएको सूचना जारी नगरेको बताएका छन् । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपि नआएकाले पदमुक्तको प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असार २०७८, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)