काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
आज सार्वजनिक गरेको नीति–तथा कार्यक्रममा काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने भएको छ । सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ’ नीतिमा भनिएको छ’
‘महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ । कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट÷सहुलियत दिइनेछ ।’
कोभिड–१९ बाट प्रभावित व्यवसायहरु जस्तै होटल, पर्यटनलगायतका क्षेत्रलाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने