बारामा प्रशासकिय अधिकृतसंग १५ लाख फिरौती माग गर्दै नदिए मार्छु भन्ने कार्यालय सहयोगी पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १२ : ०१
बारामा प्रशासकिय अधिकृतसंग १५ लाख फिरौती माग गर्दै नदिए मार्छु भन्ने कार्यालय सहयोगी पक्राउ

काठमाडौं । बाराका एक प्रमुख प्रशासकीय अधिकृतसँग १५ लाख फिरौती मागेर नदिए मार्ने धम्की दिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले फिरौती मागेको आरोपमा सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादवलाई बुधबार पक्राउ गरेको जनाएको छ । 

प्रहरीका अनुसार यावद गाउँपालिकाकै कार्यालय सहयोगी हुन्। उनले आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविनकुमार श्रीवास्तवलाई धम्क्याएर १५ लाख मागेका थिए । श्रीवास्तवलाई एनसेलको अपरिचित नम्बरबाट फोन तथा म्यासेज गर्दै यादव १५ लाख रुपैयाँ एक घण्टामा नदिए गोली हानेर हत्या गर्ने भन्दै धम्क्याएका थिए ।

श्रीवास्तवलाई पटकपटक धम्की आएपनि उनले अडिओसहित प्रहरी कार्यालयमा सूचना दिएका थिए। यादवले केही दिन यता बारम्बार फोन गरि फिरौती माग गरेको र नदिए ज्यान मार्ने धम्की दिदैं आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार यादवले प्रशासकिय अधिकृत सम्पन्न मान्छे भएको भन्दै माग्ना साथ पैसा पाईन्छ भन्ने उद्येश्यले फिरौती माग गरेको जनाएको छ । प्रहरीले यादवलाई अपराधिक लाभ मुद्दामा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस