काठमाडौं । नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ ।
एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए । आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई रु ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०२ असार २०७८, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता