कोरोना अपडेट : थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १६ : ४३
कोरोना अपडेट : थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै गत २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यस्तै देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस