काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोही दिनबाट सभामा छलफल शुरु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुले भाग लिँदै आफ्नो सुझाव दिएका थिए ।
सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा दिनुभएको थियो । प्रदेशसभा सदस्यहरुको जिज्ञासाहरुको जवाफ दिएपछि मुख्यमन्त्री शाहीले आगामी आव २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव पेश गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।
बजेटको पूर्णपाठ:
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ असार २०७८, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय