चितवनमा एकैदिन आठ जना संक्रमितको मृत्यु, ८० संक्रमित थपिए

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १६ : ३६
चितवनमा एकैदिन आठ जना संक्रमितको मृत्यु, ८० संक्रमित थपिए

चितवन ।  चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनका विभिन्न अस्पतालमा १११ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ। ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनका विभिन्न अस्पतालमा २७६ जना संक्रमितको उपचार भइरहेको छ । 
ि
पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ३ जना र अन्य अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २६ जना डिस्चार्ज भएका छन् ।

चितवनका विभिन्न अस्पतालहरुमा २७६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ८० जनालाई कोरोना संक्रमण देखिएको छ। चितवनमा घरमा आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या एक हजार ३७२ पुगेको छ ।

संक्रिय संक्रमितको संख्या एक हजार ५४८ रहेको छ । आजसम्म चितवनमा २४९ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस