कुखुरापालन व्यवसायमा ६ महिनामा २ अर्ब ४० करोडको क्षति

गुणस्तरहीन दानाका कारण कुखुरा पालन व्यवसाय संकटको बाटोमा

प्रकाश सिग्देल

सोमबार, ३१ जेठ २०७८, १६ : ४९
कुखुरापालन व्यवसायमा ६ महिनामा २ अर्ब ४० करोडको क्षति

चितवन । भरतपुर महानगरपालिका केशर बागका व्यवसायीक कुखुरा पालक किसान खगराज पाठकले अघिल्लो वर्ष लेर्यस जातका कुखुरा पालनबाट मात्रै १ करोड ८२ लाख नोक्सान सहनु पर्यो ।

अण्डा पार्न सुरु गरेका  साडे ९ हजार कुखुरा रानिखेत नामक रोग लागेर एकै पटक सखाप भए । तर उनले कहि कतैबाट पनि राहत पाउन सकेनन् । पटक पटकको घाटा सहेरै भएपनि निरन्तर व्यवसायमा सरिक भएका  पाठक अहिले आफैले घरमा दाना मिल सन्चालन गरेर कुखुरालाई दाना बनाएर खुवाउन थालेका छन् । हरेक वर्ष कुखुरा पालनबाट करोड बढि घाटा बेर्होनु परेपछि आफैले दाना बनाएर खुवाएर कुखुरा पाल्ने योजना बनाएको सुनाए ।

बजारमा दानाको गुणस्तर दिनानुदिन खस्कदै गएको र मुल्य पनि अत्याधिक बढेपछि आफैले दाना बनाउने उद्योग सञ्चालन गरी गुणस्तरीय दाना उत्पादन गरेर कुखुरा लाई खुवाएको उनको भनाई छ । पाठकले ८ हजार लेर्यस जातका कुखुरा पालेका छन् । दानाकै कारण किसानले कखुरामा रोग र अन्य प्रकारका क्षतीका कारण घाटा सहनु परेको निष्कर्ष उनको छ ।

आफूले ९ लाख लगानीमा दाना मिल सञ्चालन गरेर दैनिक उत्पादित दाना कुखुरालाई खुवाउदै आएको पाठकले बताए । घरमै आफ्नै मिलमा उत्पादन गरेको दानाले  कुखुराको बृद्धि र विकासको मात्रा धेरै राम्रो पाएको र यसबाट लागत पनि कम भएको उनका भनाई छ ।

किसान आफैले दाना उत्पादन गर्दा १ हजार कुखुरा पाल्ने किसानले दैनिक १५ सय रुपैया दानाबाट मात्रै जोगाउन सक्ने र कुखुरा राम्रो संग हुकर्ने रोग पनि कम लाग्ने हुदा त्यसबाट झन धेरै लाभ हुने पाठकले बताए । अनुषा कृषि फर्म सञ्चालन गरेर कुखुरा पालन गरेका पाठकले दाना मिल सञ्चालन गरेपछि दानाबाट मात्रै मासिक ३ लाख जोगउन सफल भएको बताए ।

किसान आफैले दाना उत्पादन गर्दा १ हजार कुखुरा पाल्ने किसानले दैनिक १५ सय रुपैया दानाबाट मात्रै जोगाउन सक्ने र कुखुरा राम्रो संग हुकर्ने रोग पनि कम लाग्ने हुदा त्यसबाट झन धेरै लाभ हुने पाठकले बताए । अनुषा कृषि फर्म सञ्चालन गरेर कुखुरा पालन गरेका पाठकले दाना मिल सञ्चालन गरेपछि दानाबाट मात्रै मासिक ३ लाख जोगउन सफल भएको बताए ।

उनका अनुसार आफैले दाना उत्पादन गर्दा प्रतिकेजी १५ रुपैयाँ फाइदा पुग्ने र कुखुराको अवस्था हेरेर दानामा कच्चापदार्थको मात्रा थपघट गर्न पाइने हुदा व्यवसायीक किसानले आफैले दाना उद्योग सञ्चालन गर्न निकै उपयोगी छ । प्रति घण्टा १ टन उत्पादन क्षमताको मेसिन जडान गरी दाना उत्पादन गरिरहेको र आगामी दिनमा अन्य किसानलाई पनि आफुले उपलब्ध गराउने बताए ।

६ महिनामा २ अरव ४० करोडको क्षती


नेपाल पोल्ट्री व्यवसायी मञ्चका कार्यसमिति सदस्य एवं पशु चिकित्सक डा. बिष्णुहरी प्रोखेलले पनि दाना गुणस्तरीय नहुदा कुखुरा पालक किसानले धेरै क्षती सहनुपरेको बताए । दानाको गुणस्तरमा ध्यान दिन नसके अझै धेरै क्षती किसानले र पोल्ट्रिजगतले सहनु पर्ने उनको भनाई छ । पन्छि जन्य क्षती मुल्याकंन समितिका संयोजक समेत रहेका डा. पोख्रेलले यो ६ महिनाको अन्तरालमा देशभरी ६० लाख व्यवसायीक रुपमा पालेको पन्छी  मरेको बताए । रानिखेत र एच नाईनका कारण ६० लाख कुखुरा मर्दा २ अरव ४० करोडको क्षती भएको पोख्रेलको भनाई छ । देशभरी ३६ हजार व्यवसायीक कुखुरा पालक किसान रहेको र आफुहरुले देशै भरीका भेटनरी चिकित्सकसंग रोगका कारण मरेका घरपालुवा कुखुरा देखि टर्कीसम्मका पन्छि मरेको रेकर्ड राखेको उनको भनाई छ ।

रानिखेत र बर्डफ्लु घातक
नेपालमा अहिले सम्म सबै भन्दा बढि क्षती रानिखेत र बर्डफ्लुले गरेको उनले बताए । १५ वर्ष अगाडी पनि रानिखेतले धेरै क्षती गरेको र अहिले कोरोनाको महामारीमा कुखुरामा पनि ठुलो क्षती भएको उनको भनाई छ । रानिखेत एक प्रकारको भाइरस भएको र यसले रुप परिर्वतन गर्ने भएकाले भ्याक्सिनले पनि प्रभावकारी नियन्त्रण गर्न नसकिएको पोख्रेलले बताए ।  विज्ञहरु अहिले कुखुराको क्षती कसरी क्षती घटाउन सकिन्छ भनेर आवश्यक अनुसन्धान समेत गरिरहेको उनको भनाई छ ।

पन्छिलाई धेरै दाना खुवाउनु पर्ने र दाना गुणस्तरीय नहुदा पनि कुखुरामा रोग लाग्ने र मर्ने समस्या धेरै आएको उनको तर्क छ । यस्ता रोगका कारण घर पालुवा कुखुराहरु सत प्रतिशत पनि मरेको रेकर्ड आफुहरु संग रहेको र व्यवसायीक रुपमा पालेका फार्महरुमा पनि ६० प्रतिशत सम्म क्षती हुने गरेको देखिएको उनको तर्क छ । 

प्रतिक्रिया दिनुहोस