इच्छाकामना गाउँपालिका खर्पनमा १ घर १ धारा जडान, घण्टौं हिडेर पानी बोक्नु पर्ने समस्याबाट पाए छुटकारा

प्रकाश सिग्देल

सोमबार, ३१ जेठ २०७८, १३ : १८
इच्छाकामना गाउँपालिका खर्पनमा १ घर १ धारा जडान, घण्टौं हिडेर पानी बोक्नु पर्ने समस्याबाट पाए छुटकारा

चितवन । इच्छाकामना  गाउँपालिका वडा नम्वर ५ खर्पनमा गाउँपालिकाले १ घर १ धारा कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको ८ लाख र स्थानियको श्रमदानबाट खानेपानीको प्रवन्ध गरिएको गाउँपालिका अध्यक्ष गिता गुरुङले बताईन् ।

खर्पनका २१ घरधुरीका लागि ठुलो वन क्षेत्रबाट पानी ल्याएर हरेकका घरमा धारो निर्माण गरेर खानेपानीको प्रवन्ध गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।  पानीको अभावका कारण निकै समस्या भोगेका स्थानियहरु अहिले भने घरमै पानी आएपछि खुसी भएका छन् ।

गाउँपालिका अध्यक्ष गुरुङले खानेपानीको धारा खोलेर उद्धघाटन गरिन् ।

यस अघि १ घण्टा भन्दा बढि समय लगाएर ठुलो वन क्षेत्रबाट पानी ल्याउनु पर्ने बाध्यता रहेकोमा अव भने त्यही ठुलो वन क्षेत्रको मुलमा ट्याङ्की निर्माण गरी त्यही पानीलाई पाइप मार्फत गाँउमा ल्याएर घरघरमा धारा बनाएर पानीको प्रवन्ध गरेको वडा अध्यक्ष मोदराज सिलवालले बताए । धारा निर्माणका लागि स्थानियले श्रमदान समेत गरेका उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस