प्रदेश १ प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ ।
नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुला भएको छ ।
उपसभामुख सरस्वती पोखरेलले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । सत्तारुढ एमाले (खनाल–नेपाल) पक्षको साथ पाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
योसँगै तत्कालका लागि सरकार अप्ठेरोमा पर्ने अवस्था टरेर गएको छ । प्रदेशसभामा सत्ताधारी दल एमालेको एकल सरकार रहेको छ ।
एमालेको ५१,(१८ खनाल–नेपाल) काँग्रेसका २१, माओवादी केन्द्र १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० जेठ २०७८, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय