प्रदेश १ प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ ।
नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुला भएको छ ।
उपसभामुख सरस्वती पोखरेलले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । सत्तारुढ एमाले (खनाल–नेपाल) पक्षको साथ पाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
योसँगै तत्कालका लागि सरकार अप्ठेरोमा पर्ने अवस्था टरेर गएको छ । प्रदेशसभामा सत्ताधारी दल एमालेको एकल सरकार रहेको छ ।
एमालेको ५१,(१८ खनाल–नेपाल) काँग्रेसका २१, माओवादी केन्द्र १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० जेठ २०७८, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला