काबुल । अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयका अनुसार काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।
यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ ।
यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।(एएनआइ)

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० जेठ २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाइजेरियाको ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते
बंगलादेशमा चर्चनजिकै बम विस्फोट, एक जनाको मृत्यु