कोरोना अपडेट :  ३ हजार ३८४ जनामा संक्रमण पुष्टि हुँदा ६ हजार २९५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १६ : २५
कोरोना अपडेट :  ३ हजार ३८४ जनामा संक्रमण पुष्टि हुँदा ६ हजार २९५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।

८ हजार ५ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ६ हजार २ सय ९५ जना संक्रमणमुक्त बनेका छन् भने थप ६१ जनाको मृत्यु भएको छ ।