काठमाडौँ । कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भन्दै दिएको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) भर्त्सना गरेको छ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिको विरोध गर्दै विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा उनले भनेका छन्–‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको छ ।’
विज्ञप्तिमार्फत एमालेले यस प्रकारको अभिव्यक्तिविरुद्ध कानुनी उपचारमा जाने सम्मको संकेत उनले गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’
वाग्मती प्रदेशसभाको बैठकमा कांग्रेस सांसद वैद्यले प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीमाथि पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको उनले आरोप आरोप लगाएका थिए ।
‘ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ, त्यसपछि वैद्यले भनेका थिए, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ जेठ २०७८, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?
अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी
संखुवासभामा एमालेको अग्रता कायमै, पच्छ्याउँदै रास्वपा