प्रदेश–२ का मुख्यमन्त्री राउत मन्त्रालय फुटाएर कांग्रेस माओवादीलाई सरकारमा ल्याउँदै

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १४ : ४३
प्रदेश–२ का मुख्यमन्त्री राउत मन्त्रालय फुटाएर कांग्रेस माओवादीलाई सरकारमा ल्याउँदै

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत सत्ता टिकाउनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउने भएका छन् । जसका लागि उनी मन्त्रालयसमेत फुटाउन तयारी भएका छन् । 

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका चार जना मन्त्रीलाई बर्खास्त गरेका राउतले मन्त्रालय फुटाएर पनि सरकारमा सहभागी गराउन यतिबेला मुख्यमन्त्री राउत लागिरहेका छन् । मन्त्रालय नै फुटाएर भए पनि कांग्रेस र माओवादीले माग गरेअनुसारकै संख्यामा मन्त्रालय दिने तयारीमा मुख्यमन्त्री राउत लागिरहेका छन् । 

प्रदेश २ मा कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराउन मन्त्रालय फुटाउने तयारी पूरा भइसकेको छ । कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय संख्या १० वटा बनाउने गरी मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउन लागेका हुन्। कुनकुन मन्त्रालय फुटाएर कुनकुन मन्त्रालय बनाउने भन्ने यकिन भइसकेको छैन। कांग्रेसले ३ र माओवादीले २ मन्त्रालय मागेका छन्।

प्रतिक्रिया दिनुहोस