काठमाडौं । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले पार्टीभित्रै सहकार्य नगरी बाहिरी दलसँगको सहकार्य गर्ने पार्टीका दुबै पक्षको चरित्रका कारण एकतामा समस्या भएको ठहर गरेका छन् । उनले यस्तो कसले, किन र केका लागि गर्दैछ भन्दै प्रश्न समेत गरेका छन् ।
‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ?’
एमाले एकताको समस्याको मुल जड यही भएको ठोकुवा गर्दै यस बिषयमा नेताहरुबीचमा गम्भीर छलफल भइ साझा निष्कर्षमा पुगेर एकता बचाउनुपर्नेमा उनले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ जेठ २०७८, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई