काठमाडौं । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले पार्टीभित्रै सहकार्य नगरी बाहिरी दलसँगको सहकार्य गर्ने पार्टीका दुबै पक्षको चरित्रका कारण एकतामा समस्या भएको ठहर गरेका छन् । उनले यस्तो कसले, किन र केका लागि गर्दैछ भन्दै प्रश्न समेत गरेका छन् ।
‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ?’
एमाले एकताको समस्याको मुल जड यही भएको ठोकुवा गर्दै यस बिषयमा नेताहरुबीचमा गम्भीर छलफल भइ साझा निष्कर्षमा पुगेर एकता बचाउनुपर्नेमा उनले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ जेठ २०७८, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई