सुदूरपश्चिममा ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टिकरण

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, २० : ५५
सुदूरपश्चिममा ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने एमालेका प्रदेशसभा सदस्य स्पष्टीकरणमा परेका छन् । 

एमाले सुदूरपश्चिम प्रदेश दलका नेता प्रकाश शाहले ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणमा पर्नेमा प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी रहेका छन् । 

 निर्धारित समय भित्र जवाफ नदिए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय विधान अनुसार कारबाही गर्ने शाहले चेतावनी दिएका छन् । 

आज मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत एमालेको माधव नेपाल पक्षको सहयोगकै कारण पाएका थिए । तर, संसदीय दलको निर्देशनविपरित ७ सदस्यले विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस