त्रिलोचन भट्टलाई बधाई दिँदै भीम रावलले भने–विधि, विधान र पद्धति मिच्नेहरूले शिक्षा लिने कि !

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १५ : १८
त्रिलोचन भट्टलाई बधाई दिँदै भीम रावलले भने–विधि, विधान र पद्धति मिच्नेहरूले शिक्षा लिने कि !

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिँदै विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीप्रति संकेत गर्दै नेता भीम रावलले विधि, विधान र पद्धति मिच्नेहरूले पाठ सिक्नुपर्ने बताए । 

मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएपछि उनको पद जोगिएको थियो । २४ सांसद रहेको एमालेका ७ सांसद प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका छन्, उनीहरूले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन्।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले ट्वीट गर्दै भनेका छन् । 

प्रतिक्रिया दिनुहोस