काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटिन प्रतिनिधिसभा संसद पुर्नस्थापना हुने बताएका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुर्नस्थापना हुने बताएका हुन् ।
‘अदालतले पनि अन्तत हेर्ने भनेको संविधान हेर्ने हो ।’ प्रचण्डले त्यसअघि भने, ‘५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिए, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुर्नस्थापना हुन्छ ।’
पहिलोचोटी गरिएको संसद विघटनको बेला कांग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थिए, अहिले त कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छन् । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै छौँ, अडिराख्नुभएको छ । जनमोर्चा पनि साथमा छौँ ।’
केही दिनभित्रै अदालतबाट संसद पुन स्थापना हुने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गरे । उनले भने, ‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ ।’ संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि प्रचण्डले सुनाए ।
त्यस्तै केपी ओली र उनीसँग सम्बद्ध विदेशी शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाई थियो । त्यसअघि प्रचण्डले भने, ‘हामीलाई एकलो पारेर सिध्याउन खोज्नेहरु नै क्षतविक्षत पारेर सिद्धिने ठाउँमा पुगेका छन् ।’
संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजानका लागि पनि प्रचण्डले निर्देशन दिएका छन् । त्यस्तै अहिलेको जारी लडाईमा आफूहरुको जित हुने भन्दै उनले थपे, ‘तपाईहरु निराशा हुनुपर्ने कारण केही छैन, यो ब्याटल हामीले जित्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड