काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको छैन । नेपाली कांग्रेसको विश्वासको मत नदिइकन तटस्थ बसेको थियो ।
कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने तर विश्वासको मत पनि नदिने निर्णय गरेको थियो ।
१२ जना सांसद रहेको कांग्रेस मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेको छ ।
यद्यपी मुख्यमन्त्री भट्टले विश्वासको मत जुटाएका छन्। ५१ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसद समर्थनमा रहेका थिए।
नेकपा एमालेको केपी शर्मा ओली पक्षका ७ र जसपाका २ गरी ९ सांसदले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्। एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?