काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको छैन । नेपाली कांग्रेसको विश्वासको मत नदिइकन तटस्थ बसेको थियो ।
कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने तर विश्वासको मत पनि नदिने निर्णय गरेको थियो ।
१२ जना सांसद रहेको कांग्रेस मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेको छ ।
यद्यपी मुख्यमन्त्री भट्टले विश्वासको मत जुटाएका छन्। ५१ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसद समर्थनमा रहेका थिए।
नेकपा एमालेको केपी शर्मा ओली पक्षका ७ र जसपाका २ गरी ९ सांसदले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्। एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित