सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १२ : २४
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत

धनगढी ।सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । 

मंगलबार प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । 

मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । 

प्रतिक्रिया दिनुहोस