राष्ट्रिय गौरवको आयोजनामा निर्माण ब्यवसायी विक्रम पाण्डेको खेलाँची !

शनिबार, १६ मंसिर २०७४, ११ : २८
राष्ट्रिय गौरवको आयोजनामा निर्माण ब्यवसायी विक्रम पाण्डेको खेलाँची !


चितवन, १६ मंसिर । बनमन्त्री विक्रम पाण्डे बिशुद्ध राजनिती मात्रै गर्दैनन्, उनि ‘क’ बर्गको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत हुन् । राजनितीको आवरणमा निर्माण ब्यवसायमा सक्रिय पाण्डले राष्ट्रिय गौरवको आयोजनामा समेत खेलबाड गरेको तथ्य खुल्न आएको छ ।

बनमन्त्री सञ्चालक रहेको कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजन गत साल परिक्षणकै क्रममा भत्किएको थियो । स्वदेशि लगानीमा निर्माण हुन लागेको उक्त नहर सुरुवाती चरणमा मन्त्रि पाण्डेको कम्पनीले १२ अर्बमा ठेक्का लिएको थियो । तर, २०६३ सालदेखी नै शुरु भएको आयोजना हालसम्म पुरा नहुँदा लागत बढेर २५ लाख पुग्ने देखिएको जानकारहरु बताउँछन् ।

गत साल असारमा परिक्षणका क्रममा छाडिएको पानीले बाँके महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोला छेउमा १५ मिटर नहर भत्काएको थियो । कुल ५० क्युसेक क्षमताको नहरमा परिक्षणकै क्रममा जम्मा २० क्युसेक पानी छाड्दा २६ किलोमिटर खण्डको झिझरी खोलाछेउ नहर भत्किएसँगै स्थानियले नहरको गुणस्तरबारे प्रश्न उठाएका छन् । निर्माणको झण्डै ७० प्रतिशत काम सम्पन्न भैसक्दा परिक्षणकै क्रममा भत्किएकसँगै स्थानियहरु नहरको पानीबाट सिंचाई गर्न पाउने आशामा खुसी हुनुको साटो त्रसित भएका छन् । भत्किएको भाग कालिकाले मर्मत गरेको जनाएपछी स्थानियमा त्रास अझै हटेको छैन् ।

अझै हटेन्, त्रास !
बाँकेबासीले सिक्टाका आयोजना प्रमुख र ठेकेदार कम्पनी कालिकाको मिलेमतोमा सिक्टा नहरमाथी खेलबाड गरिएको बताउँदै आएका छन् ।
गत साल नहर फुटेपछी स्थानिय श्रिधर उपाध्यायले भनेका थिए, ‘गाउँ नजिकै फुटेको भए सिंगो गाउँ डुबानम पर्ने थियो, कालिकाले गुणस्तरहिन काम गदाृ स्वदेशी लगानीमा नै बनेको राष्ट्रिय महत्वको देशकै ठुलो सिंचायृ अयोजनाको यो हालत भयो तर कारवाही गर्ने कसले ?’
ढकेरी गाउँनजिकै रहेको नहर भत्किएसँगै स्थानिय बासिन्दा घर छाडेर भागेका थिए । मुल नहर कमजोर र गुणस्तरहिन सामग्रि प्रयोग गरी निर्माण गरिएको हुनाले भोलिका दिनमा नहरमा पानी छाड्दा पनि भत्किन सक्ने भयले स्थानियहरु अझै त्रसित छन् ।
नेपालको सवैभन्दा ठुलो सिंचाई आयोजना सिक्टाले बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिंचाई सुविधा दिने लक्ष्य सरकारले लिएको छ ।
बाँकेको अगैयास्थित राप्ती नदीबाट निर्माण गरिएको आयोजना बाँके बर्दियाको सीमाना मानखोलामा गएर टुगिंनेछ । यो आयोजना पूरा भएपछि हालको कृषि उत्पादनमा दोब्बर बृद्धि हुने र बाँकेका ४७ हजार घरपरिवारका ३ लाख कृषकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ ।
तर, राष्ट्रिय गौरवको आयोजनामा कमसल सामाग्री प्रयोग र पेटी ठेक्का दिएकै कारण नहर भत्किएको आरोप स्थानीयले लगाएका छन् । सिचाई आयोजनाले भने कमसल सामाग्रीका कारण नभई जमिनमुनिको दलदले माटोका कारण नहर भत्किएको दाबी गरेको छ ।

कुल ४५ किलोमिटर लामो नहरमध्ये १८ देखि ३५ किलोमिटरसम्म कालिकाले करिव १ अर्व ३५ लाखको लागतमा नहर निर्माण गरेको छ । तर, कालिका कन्ट्रक्सन कम्पनीले निर्माण गरेको नहर परीक्षणकालमै भत्किएपछि विकासका काममा हुने लापरवाही उदाङगिनुका साथै सिक्टाको पानीले आफ्नो खेतबारी सिँचाई गर्ने किसानहरुको बर्षौदेखिको सपना पर धकेलिएको छ ।
आफ्नै मन्त्रिमण्डलमा रहेका तत्कालिन भुमिसुधारमन्त्री विक्रम पाण्डेले राष्ट्रिय गौरवको आयोजनामा खेलबाड गरेको खबर पाएसँगै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनास्थलको निरीक्षण गरेका थिए । सिक्टाको मुल नहर निरीक्षण गर्दै प्रचण्डले आयोजनाको काममा कुनै कमी हुन नदिन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।
सिक्टा सिंचाई नहर परिक्षणकै क्रममा भत्किएपछी ठेकेदार कम्पनीलाई कारवाही हुनुपर्ने माग संसदमा समेत उठेको थियो । सांसदहरुले ठेकेदार विक्रम पाण्डे र उनको कालिका कन्स्ट्रक्सनलाई कारवाही गर्न माग गरेपनी अहिलेसम्म उनिमाथी कारवाही हुन सकेको छैन् । पाण्डे अहिले बनमन्त्रीको झण्डा लिएर चितवन–३ को चुनावी मैदानमा छन् । निर्वाचन अभियानका क्रममा मन्त्रि पाण्डेले आफुलाई विकासबादी भएको दावी गर्दै अरबौंको विकास चितवन ल्याएको दाबी गरेका छन् ।

बाँकेमा मात्रै होईन्, कालिकाले देशका अन्य भु–भागमा लिएको ठेक्काको काम कमशल हुने गरेको छ । खुल्ला विज्ञापनमार्फत ईन्जिनीयरहरु लिनुको साटो भनसुनका आधारमा गोजिका ईन्जिनियरहरुलाई भर्ना गर्ने र ठेकेदार पाण्डको भ्रष्ट मानिसकताका कारण कालिकाको हरेक निर्माण विवादमा पर्दै आएको छ ।  

यो पनी पढ्नुहोस्
http://safalkhabar.com/news/662#

 

 

प्रतिक्रिया दिनुहोस