काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भनेको, बोलेको गर्न लागेको आफु अनुकुल भएन, भएन, गर्न दिर्ईएन भने उनले जे पनि गर्न सक्छन् भन्ने पछिल्लो राजनितिक घटनाक्रमले स्पष्ट पारेको छ । राष्ट्रवादको नारा दिएर सत्तासिन भएको उनै ओलीका कारण हुँदाखाँदाको दुई तिहाई जनमत प्राप्त नेकपालाई विर्सजन गराए । त्यति मात्रैले उनलाई पुगेनन्, दुई दुई पटक प्रतिनिधिसभाको विघटन समेत गरिदिए । संविधानलाई फेल गराउने उद्येश्यले कहिले आफैले विघटन गरे भने कहिले राष्ट्रपतिलाई अगाडी सारेर विघटन गर्न लगाए ।
देशलाई राजनितिक भुमरीमा पारेका उनै ओलीका सहयोगीहरु अझैं एक, डेढ वर्ष बचेको प्रधानमन्त्रीको कार्यकाल कसरी बचाउन सकिन्छ भन्नेमा केन्द्रित भएर शक्तिकेन्द्र धाउन थालेका छन् । त्यसका लागि सहयोगीका पात्र बनेका छन् जसपाका नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महत्तो । र त्योसँगै आफ्नै पार्टीका गोकूल बाँस्कोटा, महेश बस्नेत, राजन भट्टराई । जानकारहरुका अनुसार दोश्रो पटक प्रतिनिधीसभा राष्ट्रपतिले विघटन गरेसँगै महेश बस्नेत, गोकूल बाँस्कोटा, महन्थ ठाकुर र राजेन्द्र महत्तो हरेक दिन जसो लैनचौर स्थित भारतीय दूतावास पुग्ने गरेका छन् ।
लैनचौरमा उनीहरुको गफगाफ नै ओली सरकार टिकाइदिनमा केन्द्रित हुने गरेको छ । विश्वस्त स्रोतका अनुसार एक दिनमा उनीहरुले चार पटकसम्म लैनचौर छिरेको रेकर्ड छ । फरक फरक नम्बर प्लेटका गाडीमा चढेर उनीहरु लैनचौर पुग्ने र खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुखसँग बसेर यही विषयमा वार्तालाप गर्दै कहिले खाना र कहिले खाजा खाएर फर्कने गरेका छन् । बाहिर होटल तथा अन्यत्र भेट्दा हल्ला बढी हुने भन्दै उनीहरुले नियमित जसो नै लैनचौर जाने रुटिङ नै बनाएका छन् ।
विश्वस्त स्रोतका अनुसार पछिल्लो एक सातामा मात्रै महन्थ ठाकुर र राजेन्द्र महत्तो ११ पटक लेनचौर छिरेका छन् । यस्तै, गोकूल बाँस्कोटा, महेश बस्नेत, राजन भट्टराई समेत भएर सात पटक लैनचौर छिरेका छन् । लैनचौर छिरेर उनीहरुले को कोसँग भेटे ? के के विषयमा कुराकानी गरे भन्ने बारेमा राजनितिक बृतमा यसबारे चर्चा परिचर्चा समेत हुन थालेको छ । यसबारेमा बुझ्न खोज्दा वार्ताकार भनिएका एमाले सम्बद्ध नेताहरु कोई पनि सम्पर्कमा आउन चाहदैनन् ।
विश्वस्त स्रोतका अनुसार पछिल्लो एक सातामा मात्रै महन्थ ठाकुर र राजेन्द्र महत्तो ११ पटक लेनचौर छिरेका छन् । यस्तै, गोकूल बाँस्कोटा, महेश बस्नेत, राजन भट्टराई समेत भएर सात पटक लैनचौर छिरेका छन् । लैनचौर छिरेर उनीहरुले को कोसँग भेटे ? के के विषयमा कुराकानी गरे भन्ने बारेमा राजनितिक बृतमा यसबारे चर्चा परिचर्चा समेत हुन थालेको छ । यसबारेमा बुझ्न खोज्दा वार्ताकार भनिएका एमाले सम्बद्ध नेताहरु कोई पनि सम्पर्कमा आउन चाहदैनन् ।
श्रोतका अनुसार लैनचौरमा उनीहरुले जसरी भएपनि ओली सरकार टिकाइदिन, त्यसका लागि आफूहरुले के के गरिदिनुपर्ने हो, त्यो स्पष्टसँग भनिदिन अनुरोध गर्ने गरेका छन् । प्रतिनिधिसभा पुनः स्थापना हुनसक्ने भएकाले सांसद खरिद बिक्रीका लागि मोटो रकम उपलब्ध गराइदिन आलापविलाप गर्ने गरेका छन् । त्यसमा पनि प्रधानमन्त्री ओलीले आग्रह गरेको भन्दै उनीहरुले भनाई राख्ने गरेका छन् ।
लैनचौर जाने कडीमा जसपा, एमालेका नेता मात्र नभई पछिल्लो पटक नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंह पनि सात पटक लैनचौर पुगेका छन् । यस्तै, काँग्रेसकै अर्का नेता प्रदीप गिरी र डा. नारायण खड्का समेत लैनचौर छिरेको जानकारहरुको भनाइ छ । पार्टीमा समेत प्रभाव राख्न सक्ने यि नेताहरु किन लाजै नमानेर लैनचामा छिरिरहेका छन् भन्ने कुरा भने प्रष्ट रुपमा सार्वजनिक हुन सकेको छैन । जब जब नेपालको राजनीति धमिलो हुन थाल्छ, तब तब, विदेशीको प्रभाव नेपालमा बढ्न थाल्छ ।
पछिल्ला दिनमा नेकपा विघटन भइसकेपछि विशेष गरी भारतीय र अमेरिकन प्रभाव बढेको छ । किनकी, अमेरिकालाई एमसिसी पास गराउनुछ भने भारतलाई आफनो हित विपरित बनाइएको संविधान खारेज गराउनुछ । यही स्वार्थमा विदेशीले नेपाललाई खेल मैदान बनाएका छन् । आफ्नो स्वार्थ पुरा गर्न गराउनकै लागि नेताहरु जे पनि गर्न सक्छन् भन्ने कुरा नेपालको ईतिहासमा धरैपहिले देखि चल्दै आएको हो । त्यसको कडी पछिल्लो केही वर्ष यता रोकिएको हो कि भान हुँदै गर्दा अहिले फेरी नेपाल विदेश प्रभुको ईशाराबाट चलाउन खोजिएको देखिन्छ । पञ्चायतकालमा कम्युनिस्ट पार्टी दरबारमा बुझाउने रायमाझीसँगै अहिले प्रधानमन्त्री ओलीलाई तुलना गर्न थालेका छन् ।
सयौं जनताको बलिदानीबाट प्राप्त अहिलेको राजनीतिक परिवर्तन भताभुङ पारेर, हिन्दु राष्ट्र र राजतन्त्र फिर्ता ल्याउने योजनाका साथ प्रधानमन्त्री ओली र उनको समूह यतिबेला विदेशीको योजनामा परिचालित भएको तथ्य क्रमशः स्थापित हुँदै गएको जानकारहरुको टिप्पणी छ । जनताको संघर्ष र बलिदानबाट स्थापित भएका सबै परिवर्तनका कार्यसूची धुमिल पार्न भइरहेको षड्यन्त्रलाई चक्नाचुर पार्न सम्पूर्ण परिवर्तनकामी शक्ति पुनः एक जुट भएर प्रतिरोध गर्नु जरुरी भएको धेरैले बताउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली
मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाने
अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्: प्रधानमन्त्री ओली
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली