काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि गरेको आह्वानप्रति टिप्पणी गरेका छन् ।
एमालेको आन्तरिक विषयमा टिप्पणी गरेका उनले सो पार्टीलाई ओलीले जेठ ३ मा फर्काए ओलीले गरेको सबै राष्ट्रघात फिर्ता हुन्छ भनि प्रश्न गरेका छन् ।
एमाले कणहरूसँग जिज्ञासा भन्दै भट्टराईले ट्वीटरमार्फत सोधेका छन्, ‘तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २–२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति र ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’
प्रधानमन्त्री ओलीले आइतबार राति एक आह्वान गर्दै पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, ०६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई