मलको अभाव नहोस् : निवर्तमान कृषिमन्त्री अर्याल

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १७ : १४
मलको अभाव नहोस् : निवर्तमान कृषिमन्त्री अर्याल

काठमाडौं । निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि मन्त्रालयको शाखा कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गरेकी छन् ।

मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन् । सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था हुनु नहुने बताइन् ।

उनले भनिन्,‘कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । सरकारले पनि अब बढाएर १३ अर्बमा पु¥याएछ अनुदानको निम्ति किसानहरुलाई यो सानो पैसा त होइन नि । अब यो सरकारले जे उद्देश्यले त्यत्रो किसानहरुलाई राहत होस् भनेर अनुदानको प्रवन्ध ग¥या छ, त्यो किसानहरुले उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना भयो भने दुखद कुरा हुन्छ । हामीले मेहनत बेस्सरी ग¥या छौँ । निगरानी गरिरहनुपर्ने छ । कहिनिर थोरै कमजोरी हुनवित्तिकै यता समस्या खडा हुन्छ । मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस् । हामीले जे प्रोसेस अगाडी बढायौँ त्यसलाई तपाईहरुले बिन्दुमा पु¥याउनुभयो भने गुनासो नआउला । तपाईहरु यसमा सचेत भएरै अगाडी बढ्नुहोला ।’

निवर्तमान कृषिमन्त्री अर्यालले किसान आयोगले पार्टीको घोषणा पत्रमा बोलेका कुराहरुलाई सरकारको नीति, कार्यक्रममा सम्बोधन गराउने र किसानका समस्याहरुलाई समाधान गराउने दिशातर्फ अघि बढ्न पनि आग्रह गरिन् ।

निवत)मान कृषि मन्त्री अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने भन्दै आफुले गर्न खोजेको धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस गरेको बताइन् । निवर्तमान कृषि मन्त्री अर्याल गत वर्ष पौषमा मन्त्री नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस