उपप्रधानमन्त्री महतोले दिएको विवादास्पद अभिव्यक्तिबारे विद्यार्थी संगठनले मागे प्रधानमन्त्री ओलीसंग स्पष्टीकरण

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १४ : १५
उपप्रधानमन्त्री महतोले दिएको विवादास्पद अभिव्यक्तिबारे विद्यार्थी संगठनले मागे प्रधानमन्त्री ओलीसंग स्पष्टीकरण

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने माग आठ विद्यार्थी संगठनहरुले माग गरेका छन् । आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको संविधानविपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता अखण्डता र राष्ट्रिय एकताविरोधी अभिव्यक्तिको भत्र्सना गर्दछौँ । उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणामात्र जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्दछ ।’

विद्यार्थी संगठनहरुले बजेट वक्तव्यमा ल्याइएको ‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिने’ प्रावधान तत्काल खारेज गर्न पनि माग गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि पनि फिर्ता लिन विद्यार्थी संगठनहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस