बहसमा अग्नि खरेलको प्रश्न : यो इजलास गठनको आधार के हो ?

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १३ : ३०
बहसमा अग्नि खरेलको प्रश्न : यो इजलास गठनको आधार के हो ?

काठमाडौं । पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटविरुद्धको रिटमाथि सुनुवाइका लागि इजलास के आधारमा गठन गरियो भन्दै प्रश्न गरेका छन् ।

‘यो इजलास गठनको आधार के हो ? इजलास गठन गर्ने पुरानो ट्रेन्ड गलत थियो ? अहिले नयाँ ट्रेन्ड बनाइएको हो ?,’ उनको प्रश्न थियो । यसअघि महान्यायाधिवक्ता रमेश बडाल र अधिवक्ता सुशील पन्तले पनि इजलास गठनबारे प्रश्न गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् ।

प्रतिक्रिया दिनुहोस