नयाँ शक्ति नेपाल एमालेमा समाहित

विहीबार, १६ कार्तिक २०७४, २१ : २५
नयाँ शक्ति नेपाल एमालेमा समाहित


चितवन  । नयाँ शक्ति नेपाल पार्टी निर्वाचन क्षेत्र नम्बर एकको पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
संयुक्त वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर एकमा प्रतिनिधि सभामा उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै एमालेमा समाहित भएको बिहीबार विज्ञप्तिमार्फत जानकारी गराइएको हो । नयाँ शक्ति नेपाल पार्टी क्षेत्रीय कमिटीका संयोजक लालमणि कुँवर र नेकपा एमालेका क्षेत्रीय कमिटी क्षेत्र नम्बर एकका संयोजक घनश्याम कँडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।
नयाँ शक्ति नेपालका क्षेत्रका संयोजक कँुवरले आगामी दिनमा सबै नेताहरुलाई उचित स्थान दिएर लैजानको लागि एमाले तयार भएको, वाम गठबन्धनको उम्मेदवारलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता भएकोले एमालेमा समाहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस