ओलीबाट एकपछि अर्को राष्ट्रघाती काम भयो : विपक्षी गठबन्धन

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, २० : ४७
ओलीबाट एकपछि अर्को राष्ट्रघाती काम भयो : विपक्षी गठबन्धन

काठमाडौँ । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को राष्ट्रघाती काम गरेको आरोप लगाएको छ । 

दलहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला मन्त्रिपरिषद् पुनर्गठन गरेर संवैधानिक र लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरिएकोप्रति आपत्ति जनाएको हो । 

नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो ।’

वस्तुतः यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो । यस्तो निर्णयको भत्र्सना गर्दै तत्काल खारेज गर्न हामी जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस