कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखायो : डा. प्रकाशशरण महत

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १४ : ०१
कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखायो : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपि शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समुहले अवसरको उपयोग गरेको टिप्पणी गरेका छन् ।

शनिबार संचारकर्मीलाई प्रतिक्रिया दिदैँ सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताए ।

मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि लगाए । कोरोना संक्रमणको जोखिममा आफुविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभापनि विघटन गरेर बताए । प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफुहरुको विश्वास रहेको पनि नेता महतले बताए । 

प्रतिक्रिया दिनुहोस