महन्थ ठाकुर पक्षका १० जनालाई ओलीले कुनकुन मन्त्रालय दिँदैछन् ?

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १७ : १७
महन्थ ठाकुर पक्षका १० जनालाई ओलीले कुनकुन मन्त्रालय दिँदैछन् ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट १० जनाले आज ६ वजे सपथग्रहण लिने भएका छन् । आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथग्रहण लिने बालुवाटार स्रोतले जनाएको छ । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति भएर पार्टीले १० जनाको नाम बुझाई सकेको छ । 

नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया, रेणुका गुरुङ र चन्द्राकन्त चौधरी मन्त्री बन्दै छन् ।  

स्रोतका अनुसार, राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिने स्रोतको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस